खेलकूद
डोमिनिक थिएमले जिते पुरुषतर्फको युएस ओपन टेनिसको उपाधि
२०७७ भदौ २९ गते ७:३२

२९ भदौ, २०७७ काठमाडौं । पुरुष एकलतर्फ युएस ओपन टेनिसको उपाधि विश्व नम्बर दुई डोमिनिक थिएमले जितेका छन् ।
फाइनलमा पाँचौं वरियताका एलेक्सान्डर स्वेरेभलाई पराजित गर्दै थिएमले पहिलो ग्राण्ड स्लामको उपाधि चुमेका हुन् ।
यससँगै अष्ट्रियाका २७ वर्षे थिएम युएस ओपन टेनिसको नयाँ च्याम्पियन बनेका छन् । शुरुका दुई सेटमा पछि परेका उनले त्यसपछि शानदार पुनरागमन गर्दै उपाधि जितेका थिए ।
थिएमले जर्मन खेलाडी स्वेरेभलाई २–६, ४–६, ६–४, ६–३ र ७–६ को सेटमा हराउन ४ घण्टा १ मिनेट खर्चिए । शुरुका दुई सेटमा पछि परेर पनि ग्राण्ड स्लाम उपाधि जित्ने थिएम सन् २ हजार ४ यताका पहिलो खेलाडी हुन्।
महिला एकलतर्फको उपाधि भने जापानकी नाओमी ओसाकाले जितेकी थिइन् ।
प्रतिक्रिया