विदेश

कोरोना नियन्त्रण गर्न इजरायलमा दोस्रोपटक लकडाउन

हिमालय टिभी
२०७७ भदौ २९ गते ७:२५
कोरोना नियन्त्रण गर्न इजरायलमा दोस्रोपटक लकडाउन

२९ भदौ, २०७७। इजरायल । कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले दोस्रो पटक लकडाउन गर्ने भएको छ ।

इजरायलले आगामी शुक्रबारदेखि देशभर दोस्रो पटक लकडाउन गर्ने घोषणाा गरेको हो । यस्तै यहुदीको नयाँ वर्षमा पनि कडा प्रतिबन्ध लागू हुने भएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस पटक पनि नागरिकले ठूलो मूल्य चुकाउन आवश्यक भएको बताउनुभएको छ । इजरायलमा पछिल्लो समय दैनिक ४ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिने गरेका छन् ।

त्यस्तै लकडाउनको विरोधमा इजरायलका एक मन्त्रीले राजीनामा समेत दिनुभएको छ । उहाँले सत्ताधारी पार्टीसँगको आफ्नो समर्थन पनि फिर्ता लिने बताउनुभएको छ ।

झण्डै ९० लाख जनसंख्या रहेको इजराइलमा कोरोनाका कारण अहिलेसम्म १ हजार १ सय ८ जनाको मृत्यु भैसकेको छ । त्यस्तै त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ५३ हजार भन्दा बढी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *