समाज
रेडपाण्डाको छालासहित बाँकेमा चार जना पक्राउ
२०७७ भदौ २८ गते १५:१५

२८ भदौ, २०७७, बाँके । दुर्लभ संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले बाँकेको वैजनाथबाट ४ जनालाई पक्राउ गरेको छ ।
बैजनाथस्थित डेनियल कटेज एन्ड रेष्टुरेन्टबाट रेड पाण्डाको एक थान छालासहित सुर्खेत छिन्चुका देवबहादुर वाठा, सुर्खेत बबईका गणेश विक, जयबहादुर कामी र जाजरकोट कुशेका कृष्ण वलीलाई प्रहरीले पक्राउ गरेको हो ।
रेडपान्डा साइटिस अनुसूचीमा रहेको दुलर्भ वन्यजन्तु हो । रेडपान्डाको अवैध कारोबारमा संलग्न हुने व्यक्तिलाई ५ देखि १५ वर्षसम्म कैद वा ५ लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।
वन विनाश र बासस्थल अतिक्रमणले गर्दा लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा नेपालमा करीब एक हजार मात्रै रहेको अनुमान छ ।
प्रतिक्रिया