विदेश

भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना

हिमालय टिभी
२०७७ भदौ २८ गते १४:४४
भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना

२८ भदौ, २०७७ नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ दुई साताअघि डिस्चार्ज भएका गृहमन्त्री शाहलाई पुनः अस्पताल भर्ना गरिएको हो।

श्वासप्रश्वासमा कठिनाइ भएपछि शाह नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण देखिएको दुई सातापछि गरिएको परीक्षणमा उनी कोरोनामुक्त भएको पाइएपछि डिस्चार्ज भएका थिए ।

अहिले उनको स्वास्थ्य स्थिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि‚ अस्पतालले आधिकारिक वक्तव्य जारी गरेको छैन।

एक महिनाको अवधिमा उनी तेस्रो पटक अस्पताल भर्ना भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *