आर्थिक

आफ्नो समस्या समाधानका लागि पहल गर्न देउवासँग व्यवसायीको माग

हिमालय टिभी
२०७७ भदौ २८ गते १३:५२
आफ्नो समस्या समाधानका लागि पहल गर्न देउवासँग व्यवसायीको माग

२८ भदौ, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाबाट व्यवसायमा परेको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको ज्ञापनपत्र बुझ्दै सभापति देउवाले प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले १० महिनादेखि केरुङ नाकामा सामानसहितका १ हजार २ सय वटा कन्टेनर रोकिएको र त्यसलाई काठमाडौं ल्याउन पहल गरिदिन ज्ञापनपत्र बुझाएको बताउनुभयो ।

उहाँले आफूहरुले कन्टेनर ल्याउन परराष्ट्र मन्त्रालयमा कूटनीतिक पहल गर्दासमेत सम्भव नभएपछि राजनीतिक पहल शुरु गरेको बताउनुभयो ।

व्यवसायीले लकडाउन भएपछि व्यवसाय ठप्प भएकाले घरभाडा र बैंकको ब्याज भुक्तानी गर्न नसकेको भन्दै मिनाहा गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *