समाज

विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

हिमालय टिभी
२०७७ भदौ २८ गते ९:२०
विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

२८ भदौ, २०७७, विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

हिजो विराटनगर ८ का पुरुषको कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो ।

प्रदेश १ मा अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा विराटनरसहित मोरङमा २७ जनाको मृत्यु भएको छ ।

जसमा बुढिगंगाका ४ जना, ग्रामथानका १ जना, धनपालधानका १ जना, रंगेलीका १, सुन्दरहरैचाका १, सुनवर्षीका १ जना र पथरी शनिश्चरेका १ जना छन् । त्यसबाहेक सुनसरीका ६ जना, झापाका २ जना र प्रदेश २ का १२ जना रहेको प्रदेश सरकारको तथ्यांक छ ।

प्रदेश २ का संक्रमितको विराटनगर र धरानको अस्पतालमा मृत्यु भएको हो । विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *