खेलकूद

इंग्लिस प्रिमियर लीगमा साविक विजेता लिभरपुलको विजयी शुरुवात

हिमालय टिभी
२०७७ भदौ २८ गते ७:५८
इंग्लिस प्रिमियर लीगमा साविक विजेता लिभरपुलको विजयी शुरुवात

२८ भदौ, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा साविक विजेता लिभरपुलले विजयी शुरुवात गरेको छ ।

गएराति सम्पन्न सिजनको पहिलो खेलमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडमाथि ४–३ गोलको संघर्षपूर्ण जित निकालेको हो । एनफिल्ड मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मेद सलाहले ह्याट्रिक गरे ।

यस्तै भिर्गिल भान डाइकले एक गोल थपे । उता लिड्सका तर्फबाट ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक(एक गोल फर्काए ।

खेलको चौथो मिनेटमै सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि १२ औं मिनेटमा लिड्सका ह्यारिसनले गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए ।

२० औं मिनेटमा भान डाइकको गोलसँगै लिभरपुलले २–१ ले अग्रता बनायो । तर, ३० औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल २–२ को बराबरी गरे । लगत्तै ३३ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ३–२ को अग्रता बनायो ।

दोस्रो हाफ अन्तर्गत ६६ औं मिनेटमा लिड्सका क्लीचले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा भयो । तर, खेलको ८८ औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४–३ को जित दिलाए ।

यससँगै सलाह प्रिमियर लीगको नयाँ सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । लिड्स १६ वर्षपछि पहिलोपटक प्रिमियर लीगमा बढुवा भएको टोली हो ।

लीग अन्तर्गत नै भएको अर्को खेलमा न्यूक्यासल युनाइटेडले वेष्टह्याम युनाइटेडलाई २–० ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्