खेलकूद
नाओमी ओसाकालाई महिला एकलतर्फ युएस ओपन टेनिसको उपाधि
२०७७ भदौ २८ गते ७:५४

२८ भदौ, २०७७ काठमाडौं । महिला एकलतर्फ युएस ओपन टेनिसको उपाधि जापानकी नाओमी ओसाकाले जितेकी छन् ।
न्यूयोर्कमा सम्पन्न फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै चौथो वरियताकी ओसाकाले युएस ओपनको उपाधि उचालिन् ।
ओसाका दुई वर्षपछि पुनः युएस ओपन च्याम्पियन बनेकी हुन्। २२ वर्षीय ओसाकाले बेलारुसकी अजरेन्कामाथि १–६, ६–३ र ६–३ को सेटमा जित निकालिन् । पहिलो सेट गुमाएपनि उनले त्यसपछि लगातार दुई सेट जितेकी थिइन् ।
ओसाकाको यो तेस्रो ग्राण्डसलाम उपाधि हो । यसअघि उनले २ हजार १८ को यूएस ओपन र २ हजार १९ को अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् ।
उता पुरुष एकलतर्फको उपाधिका लागि आज विश्व नम्बर दुई डोमिनिक थिएम र पाँचौं वरियताका एलेक्सान्डर स्वेरेभ भिड्ने भएका छन् ।
प्रतिक्रिया