विदेश

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाविरुद्धको खोप परीक्षण शुरु

हिमालय टिभी
२०७७ भदौ २८ गते ७:४८
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाविरुद्धको खोप परीक्षण शुरु

२८ भदौ, २०७७ लण्डन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण फेरि शुरु गरिने भएको छ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरिरहेको कोरोनाको खोपको परीक्षण फेरि शुरु हुने भएको हो । परीक्षणका क्रममा एकजना व्यक्ति बिरामी परेपछि परीक्षण रोकिएको थियो।

ती व्यक्तिमा देखिएको समस्या खोपको साइड इफेक्टका कारण हो वा होइन भन्नका लागि परीक्षण रोकिएको एस्ट्राजेनेकाले जनाएको थियो ।

तर शनिबार अक्सफोर्डले यस बीचमा गरिएको अध्ययनमा परीक्षण गर्न सुरक्षित रहेको पाइएपछि अब त्यसलाई अघि बढाइने भएको जनाएको छ।

यसैबीच बेलायतका स्वास्थ्य तथा सामाजिक सेवा मन्त्री म्याट ह्यानककले अक्सफोर्डको भ्याक्सिन परीक्षण पुनः शुरु भएको सुखद खबर भनी सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् ।

कोरोना उपचारका लागि अहिले विकास भइरहेका खोप मध्ये यो सबैभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यस खोपको पहिलो र दोस्रो चरणको परीक्षण सम्पन्न गरेपछि तेस्रो तथा अन्तिम चरणको परीक्षणका क्रममा एकजना व्यक्ति बिरामी परेका थिए ।

खोपको तेस्रो चरणको परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका ३० हजार मानिसलाई सहभागी गराइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *