फेसबुकमा फोटो राखेको विषयमा जनकपुरधाममा झडप
२०७७ भदौ २७ गते १८:३०

२७ भदौ, २०७७ जनकपुरधाम । फेसबुकमा फोटो राखेको बिषयमा जनकपुरधाममा दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा भएको झडपमा केही व्यक्ति घाइते भएका छन् ।
झडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास र लाठी प्रहार गरेको छ । मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको विषयमा विवाद भएको थियो ।
प्रहरीको सक्रियतामा दुबै पक्षबीच छलफल भएपछि अहिले अवस्था सामान्य बनेको छ ।
प्रतिक्रिया