खेलकूद
एलेक्सान्डर स्वेरेभ पुरुष एकलतर्फ युएस ओपन टेनिसको फाइनल प्रवेश
२०७७ भदौ २७ गते ७:३०

२७ भदौ, २०७७ काठमाडौं । पाँचौं वरियताका एलेक्सान्डर स्वेरेभ पुरुष एकलतर्फ युएस ओपन टेनिसको फाइनल प्रवेश गरेका छन्।
पहिलो सेमिफाइनलमा स्पेनका पाब्लाने कारेनो बुस्तालाई पराजित गर्दै स्वेरेभले फाइनलमा स्थान पक्का पारेका हुन्।
जर्मनका स्वेरेभले पहिलो ग्राण्डस्लाको फाइनल प्रवेश गर्ने क्रममा २० औं वरियताका बुस्तामाथि ३-६, २-६, ६-३, ६-४ र ६-३ को सेटमा जित निकालेका हुन् ।
अब २३ वर्षीय स्वेरेभले फाइनलमा विश्व नम्बर दुई डोमिनिक थिएम वा विश्व नम्बर तीन डानिल मेडभेडेभबीचको विजेतसँग प्रतिस्पर्धा गर्नेछन् ।
अष्ट्रियाका थिएम र रुसी खेलाडी मेडभेडेभबीचको अर्को सेमिफाइनल भइरहेको छ ।
प्रतिक्रिया