विदेश

भारतमा एकैदिन ९७ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ २७ गते ७:२५
भारतमा एकैदिन ९७ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

२७ भदौ, २०७७ काठमाडौं । छिमेकी मुलुक भारतमा पुनः विश्वमै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९७ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएको हो । यो संख्या भारतसहित विश्वमै एकैदिन संक्रमित हुने हालसम्मकै उच्च हो ।

अघिल्लो दिन त्यहाँ ९६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । संक्रमित सूचिमा दोस्रो स्थानको भारतमा संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४६ लाख ५७ हजार नाघेको छ ।

उता अमेरिका र ब्राजिलमा ४४(४४ हजार संक्रमित थपिए । अमेरिकामा संक्रमित ६६ लाख बढी हुँदा ब्राजिलमा ४२ लाख बढीमा संक्रमण भएको छ । शुक्रबार विश्वमा ३ लाख भन्दा बढी संक्रमित थपिए ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा झण्डै ५ हजार जनाको मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी १ हजार २ सय २, अमेरिकामा १ हजार ९४ तथा ब्राजिलमा ८ सय ९९ जनाले ज्यान गुमाए ।

अमेरिकामा हालसम्म १ लाख ९७ हजार बढी, ब्राजिलमा १ लाख ३० हजार बढी तथा भारतमा ७७ हजार बढी मानिसको संक्रमणबाट मृत्यु भैसकेको छ ।

आज मेक्सिकोमा ५ हजार बढी संक्रमित थपिंदा ५ सय ३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *