अन्तर्वार्ता

एसिड आक्रमण संलग्नमाथि कारबाही गर्ने कानून मानवताको जितः अभियन्ता थापा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते १९:१०
एसिड आक्रमण संलग्नमाथि कारबाही गर्ने कानून मानवताको जितः अभियन्ता थापा (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । अभियन्ता उज्जवलविक्रम थापाले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानून बनाउन प्रधानमन्त्रीको निर्देशन नेपालमा मानवताको जित र अपराधको हार भएको बताउनु भएको छ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै अभियन्ता थापाले तेजाब आक्रमणविरुद्ध नेपालको पहल विश्वमा नै उत्कृष्ट रहेको बताउनुभयो । उहाँले ६ वर्षदेखि एसिड आक्रमणमा परेकाहरुको उपचारमा जुटेका उज्ज्वल विक्रम थापाले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून आउनु ठुलो सफलता भएको बताउनु भयो ।

आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्ने, वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने र लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने, नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले गर्ने, एसिड पीडितलाई निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने, उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने समेत व्यवस्था हुनु राम्रो कुरा भएको उहाको भनाइ छ । साथै अहिले कायम रहेको सजाय पनि थप कडा हुन लागेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्