समाज
हिरासतमा भएको मृत्युको स्थानीय बासिन्दाद्वारा छानबिन माग
२०७७ भदौ २६ गते १८:३०
२६ भदौ, २०७७ धनगढी । चोरीको मुद्दामा पक्राउ परेका धनगढीका१९ वर्षीय रोशन विकको हिरासतमा भएको मृत्यु शंकास्पद रहेको भन्दै स्थानीयबासिन्दाले छानबिनको माग गरेका छन् ।
विकको मृत्युबारे छानबिन गरे दोषीलाई कारबाहीको माग गर्दै आज धनगढीमा प्रदर्शन गरेका छन् ।
चोरीको आरोपमा २२ गते पक्राउ परेका रोशनको शव थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले रोशनले झुण्डिएर आत्महत्या गरेको भनेको छ ।
तर स्थानीयबासिन्दाले त्यसलाई पत्याएका छैनन् । स्थानीयबासिन्दाले प्रदर्शन चर्काउँदै लगेपछि प्रहरले मृत्युबारे छानबिन गर्न सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
प्रतिक्रिया