खेलकूद

मनाङ मर्स्याङदी क्लबद्वारा तीन नयाँ सिजनका लागि खेलाडी अनुबन्धित

हिमालय टिभी
२०७७ भदौ २६ गते १८:१६
मनाङ मर्स्याङदी क्लबद्वारा तीन नयाँ सिजनका लागि खेलाडी अनुबन्धित

२६ भदौ, २०७७ काठमाडौं । ए डिभिजन लिग फुटवलको टुङ्गो नलागेपनि मनाङ मर्स्याङदी क्लबले तीन जना खेलाडीलाई नयाँ सिजनका लागि अनुबन्ध गरेको छ ।

गत बर्ष तेस्रो स्थानमा रहदै लिग अन्त्य गरेको मनाङले दिनेश राजवंशी, विश्व अधिकारी र सरोज योञ्जनलाई टिममा भित्र्याएको हो ।

घरेलु फुटबल रोकिएका बेला मनाङ भने टिम बनाउन जुटिरहेको छ ।
दिनेश र सरोजले गत सिजन फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका थिए । सरोज फ्रेन्ड्स क्लबका कप्तान थिए ।

एन्फाका उत्पादन दिनेश घरेलु फुटबलका राम्रा डिफेन्डर मानिन्छन् । अनुशासनहिन काम गरेपछि उनी यसअ३ि राष्ट्रिय टिमबाट निकालिएका थिए । सरकारले अनुमति दिने बित्तिकै घरेलु फुटबल सुरु गर्ने एन्फाको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्