कोरोनाका कारण विश्वमा धनी र गरिबबीचको खाडल झन बढ्यो : सर्वेक्षण
२६ भदौ, २०७७ काठमाडौं । कोरोना महामारीका कारण विश्वमा धनी र गरिबबीचको खाडल झन बढेको एक सर्वेक्षणले देखाएको छ ।
बीबीसीले गरेको सर्वेक्षणमा लकडाउनका कारण विश्वको अर्थ व्यवस्थामा नराम्रो असर परेको र त्यसले सबैभन्दा बढी मार गरिव वर्गमा परेको देखिएको हो ।
सर्वेक्षणमा सहभागी मध्ये ६९ प्रतिशतले आफ्नो आम्दानी घटेको बताएका छन् । महामारीले नष्लिय भेदभाव र लैंगिक असमानता समेत बढाएको पाइएको छ ।
पुरुष भन्दा महिलाको अवस्था कमजोर भएको छ । २७ देशमा गरिएको सर्वेक्षणबाट ग़रीब देशमा महामारीको गंभीर असर परेका छ । यसले नागरिकबीचको असमानताको खाडल झन बढाएको छ ।
यूरोप र उत्तर अमरीकाको तुलनामा दक्षीण अमेरिका, एशिया र अफ्रीकामा बस्नेहरुले आफुलाइ बढि असर परेको बताएका छन् ।
पुरुष र महिलाबीचको आम्दानीमा सबैभन्दा बढी असमानता भने विकसित देशमा पाइएको छ । अमेरिकामा गोरा भन्दा काला जाति यसबाट बढि प्रभावति भएका छन् ।
प्रतिक्रिया