आर्थिक

सुदूरपश्चिमका किसानलाई कोरोनाको डरभन्दा मल नपाउने चिन्ता ठुलो (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते १३:४७
सुदूरपश्चिमका किसानलाई कोरोनाको डरभन्दा मल नपाउने चिन्ता ठुलो (भिडियोसहित)

२६ भदौ, २०७७, धनगढी । सुदूरपश्चिमका किसानलाई कोरोना संक्रमणको डर भन्दा मल नपाउने चिन्ताले सताएको छ । मल पाइन्छ क‍ि भनेर बिहानैदेखि सहकारी संस्था धाउनु किसानको दैनिकी बनेको छ । मल नपाएपछि धान उत्पादन नहुने हो कि भन्ने चिन्ताले उनीहरु पिरोलिएका छन् ।

धानमा युरिया मल हाल्ने समय घर्किँदै जाँदा मल अभाव भएपछि अन्यत्र जस्तै सुदूरपश्चिमका किसानमा पनि चिन्ता बढ्दो छ । त्यसैले कोरोना भाइरस संक्रमणको जोखिम बेवास्ता गर्दै मल पाउने आशमा बिहानैदेखि स्थानीय सहकारी संस्थाबाहिर दिनभर कुरेर बस्छन्। तर दिनभरी कुर्दासमेत मल हात लाग्दैन । त्यसैले कि कृषिप्रधान देशको नारा नलगाउँ कि किसानको पीडा सुन भन्ने उनीहरुको माग छ ।

मल पाउने आशमा किसान दिनहुँ धाए पनि ७० प्रतिशत मल आयात र वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनीसँग मल छैन् । ३० प्रतिशत मल वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयसँग पनि मल छैन । तर वीरगञ्जबाट साल्ट ट्रेडिङले ३ हजार २ सय मेट्रिकटन आउँदैछ भनेकाले किसानलाई सकेसम्म मल उपलब्ध गराउन लागिपरेको उसको दाबी छ ।

साल्ट ट्रेडिङको धनगढी कार्यालयले किसानलाई सकेसम्म मल दिने दाबी गरेपनि ३ हजार २ सय मेट्रिकटन मलले सम्पूर्ण किसानको माग धान्न सक्दैन् । तैपनि सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भने प्रतिकुल समयका बावजुद मलको आपूर्ति गर्न कुनै कसर नराखिएको दाबी गरेको छ ।

मल आपूर्ति गरिरहेका दुबै संस्थानसँग अहिले पोटासबाहेक अन्य मल उपलब्ध छैन । तर किसानको माग पोटास हैन् । त्यसैले किसान युरिया मलको खोजीमा भौँतारिन बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *