विदेश

विश्वमा एकैदिन तीन लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ २६ गते ७:२८
विश्वमा एकैदिन तीन लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

२६ भदौ, २०७७ काठमाडौं । विश्वमा एकै दिन तीन लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा तीन लाख कोरोना संक्रमीत थपिएका छन् ।
सबैभन्दा बढी भारतमा ९६ हजार ७ सय ६० जना संक्रमित भएका छन् । जुन भारतमा हालसम्मकै उच्च हो ।

कोरोना संक्रमण शुरु भएयता एकैदिन सबैभन्दा बढी संक्रमित भारतमा भेटिएका हुन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ४५ लाख ५९ हजार नाघेको छ । भारतमा पछिल्लो २४ घण्टमा कोरोनाका कारण सबैभन्दा बढी १२ सय १३ जनाको मृत्यु भएको छ ।

उता पछिल्लो समय संक्रमण दर घटिरहेको अमेरिकामा फेरि संक्रमितको संख्या बढ्न थालेको छ । थप ३७ हजार ५ सयमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट अमेरिकामा थप ९ सय ४५ जनाको मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा ४० हजार भन्दा बढी संक्रमित थपिएका छन् भने ९ सय २२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *