विदेश

सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीनबीच ५ बुँदे सहमति

हिमालय टिभी
२०७७ भदौ २६ गते ७:२५
सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीनबीच ५ बुँदे सहमति

२६ भदौ, २०७७ नयाँ दिल्ली । लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा एलएसीमा जारी तनाव कम गर्न भारत र चीनबीच ५ बुँदे सहमति भएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच यस्तो सहमति भएको हो। मस्कोमा आयोजित संघाई कोअपरेशन अर्गनाइजेशनका सदस्य मुलुकका विदेशमन्त्रीहरुको बैठकका क्रममा दुवै विदेशमन्त्रीबीच भेट भएको हो।

समाचार संस्था एएनआईका अनुसार दुवै देशका विदेशमन्त्रीको बैठक सकिएपछि चिनियाँ विदेश मन्त्रायलले सीमा विवाद समाधान गर्ने सहमति भएको जानकारी दिएको हो।

उक्त भेटमा भारतीय विदेशमन्त्री जयशंकरले आफ्नो मुलुक एलएसीमा थप तनाव बढाउने पक्षमा नरहेको उल्लेख गर्दै भारतको चीन नीतिमा कुनै परिवर्तन नआएको जनाएका थिए।

चिनियाँ विदेशमन्त्री वाङले पनि दुवै पक्ष सम्बन्ध सुधारको दिशामा अघि बढ्ने क्रममा कुनै पनि समस्या र चुनौती नआउने बताएका छन्। तर बैठकमा भएका सहमति भने सार्वजनिक गरिएको छैन।

गत साता पनि भारतीय तथा चिनियाँ रक्षामन्त्रीबीच मस्कोमा भेटवार्ता भएको थियो। उक्त भेटवार्ताले नै विदेशमन्त्रीस्तरीय बैठक तय गरेको थियो। भारत र चीनबीच मन्त्रीस्तरीय बैठक जारी रहेका बेला एलएसीमा पनि सैन्यस्तरमा वार्ता चलिरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *