नयाँ सिजनको पहिलो खेलमा साविक विजेता पीएसजीको अप्रत्यासित हार

२६ भदौ, २०७७ काठमाडौं । साविक विजेता पेरिस सेन्ट–जर्मेन पीएसजीले नयाँ सिजनको पहिलो खेलमा अप्रत्यासित हार व्यहोरेको छ ।
फ्रेन्च लिग वान च्याम्पियनले नयाँ लिगको सुरुवातको खेलमा हार व्यहोरेको हो । लिग अन्तर्गत गए राति भएको आफ्नो पहिलो खेलमा पीएसजी लेन्ससँग १–० ले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औँ मिनेटमा लेन्सका लागि गानागोले विजयी गोल गरे ।
लिग वानमा यही सिजनमा बढुवा भएर आएको लेन्सले च्याम्पियन पीएसजीमाथि पहिलो खेलमै जित निकालेको हो ।
पीएसजीका स्टार खेलाडी केलियन एमबाप्पेसहित सात खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि खेल अन्यौलमा परेको थियो । तर पनि निर्धारित तालिकामै खेल भएको हो ।
पीएसजीको टिममा नेइमार, मार्क्वीन्होस, एन्जल डी मारिया र माउरो आइकार्डी सहितका मुख्य खेलाडी थिएनन् ।
प्रतिक्रिया