आर्थिक

धनकुटामा एभोकाडोको व्यवसायिक उत्पादन शुरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २५ गते २०:१७
धनकुटामा एभोकाडोको व्यवसायिक उत्पादन शुरु (भिडियोसहित)

२५ भदौ, २०७७, धनकुटा । स्वाद र स्वास्थ्यका दृष्टिकोणले फलदायी मानिने घिउफल अर्थात एभोकाडो नेपाल भित्रिएको पाँच दशक हुन लागेको छ । प्रशस्त सम्भावना हुदाहुँदै पनि नेपालमा यसको व्यावसायिक उत्पादन हुन सकेको छैन । धनकुटामा भने पछिल्लो पटक व्यवसायिक हुने तरखरमा छ ।

स्वास्थ्यवर्धक मानिएको एभोकाडो फल धनकुटा भित्रिएको करिब पाँच दशक हुन लागेको छ । २०२८ सालमा कृषि अनुसन्धान केन्द्र पाख्रिवास स्थापना गर्न अनुसन्धानको लागि आएको बेलायती टोलिले यो फल धनकुटा भित्र्याएको मानिन्छ ।

यत्तिका बर्षसम्म व्यावसायिक हुन नसकेको एभोकाडोको खेती अहिले भने व्यावसायिक बन्ने तरखरमा छ । यो खेतीप्रति अहिले किसान आफैं उत्साहित छन् । थोरै मेहनतबाट राम्रो आम्दानी लिन सकिने यो फलको बजार पनि राम्रो भएको किसानको अनुभव छ ।

धनकुटाका किसानले २ हजार ३ सय ७६ हेक्टर क्षेत्रफलमा करिब ४ लाख ६० हजार एभोकाडोको विरुवा रोपेको कृषि अभियन्ता जीवन राईको अध्ययनले देखाएको छ ।

धनकुटामा वार्षिक करिब ९ सय ७० मेट्रिक टन एभोकाडोबाट १४ करोड १६ लाख रुपैयाँ भित्रने गरेको छ । धनकुटामा सात हजार सात सय ६५ परिवार एभोकाडो खेतिमा संलग्न छन् । हावापानी, भूवनोटको हिसावले धनकुटा एभोकाडो उत्पादनको हिसावले नेपालमै उत्कृष्ट छ ।

एभोकाडोको खेती सबै भन्दा बढि धनकुटा नगरपालिका क्षेत्रमा हुने गरेको छ । त्यसो त एभोकाडो खेतिलाई प्रोत्सान गर्न धनकुटा नगरपालिकाले नगरक्षेत्रलाई एभोकाडोको राजधानी घोषणा नै गरेको छ ।

एभोकाडो पार्क निर्माण गरि स्तम्भ समेत निर्माण गरिएको छ । नगरपालिका आफैंले नर्सरी स्थापना गरी किसानलाई सहुलियत दरमा बिरुवा समेत बितरण गर्दै आएको छ ।

धनकुटामा उत्पादित एभोकाडो तराईका झापा मोरङ्ग सुनसरीसहित काठमाण्डौसम्म पुग्ने गरेको छ । धनकुटामा उत्पादन गरिएको बिरुवा छिमेकी जिल्ला भोजपुर तेह्थुम इलामसहित बाग्मती र गण्डकी प्रदेशका बिभिन्न जिल्लासम्म पुग्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *