विदेश

पचास वर्षमा वन्यजन्तुको संख्या दुई तिहाइ बढी घट्योः डब्लुडब्लुएफ

हिमालय टिभी
२०७७ भदौ २५ गते १९:०५
पचास वर्षमा वन्यजन्तुको संख्या दुई तिहाइ बढी घट्योः डब्लुडब्लुएफ

२५ भदौ, २०७७ काठमाडौं। विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)ले ५० वर्षभन्दा कम अवधिमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा धेरैले घटेको जनाएको छ ।

डब्ल्यू डब्ल्यू एफले अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै वन्यजन्तुको संख्या भयावह रुपमा घटेको बताएको हो ।

यो विनाशकारी गिरावट कम हुने संकेत समेत नदेखिएको प्रतिवेदनमा उल्लेख छ । साथै प्रतिवेदनमा प्रकृतिलाई मानिसले यसरी विनाश गरेको यसअघि कहिल्यै नदेखिएको बताइएको छ ।

जंगलमा डढेलो लगाउने तथा जंगल क्षेत्रलाई नष्ट गर्ने कामका कारणले वन्यजन्तुको विनासमा भूमिका खेलेको डब्ल्यू डब्ल्यू एफका मुख्य कार्यकारी अधिकारी तान्या स्टिलले बताएका छन् ।

डब्ल्यू डब्ल्यू एफको रिपोर्टका अनुसार सन् १९७० पछि स्तनधारी, पंक्षी, उभयचर, सरीसृप र माछाको २० हजार भन्दा बढी आवादीमा औसत ६८ प्रतिशतले गिरावट आएको छ ।

एक अर्का विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएका सत्तारुढ नेकपाका नेता कार्यकर्तालाई नराम्रो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *