आर्थिक
वाणिज्य बैंकको कर्जा लगानीमा सुधार
२०७७ भदौ २५ गते १८:५७
२५ भदौ, २०७७ काठमाडौं । वाणिज्य बैंकको कर्जा लगानीमा सुधार देखिएको छ ।
बैंकर्स संघले भदौ लागेयता १९ अर्ब रुपैयाँले कर्जा लगानी बढेको जनाएको हो । साउन मसान्तसम्म २८ अर्ब ७८ अर्ब रुपैयाँ रहेको कर्जा लगानी अहिले २८ खर्ब ९७ अर्ब रुपैयाँ नाघेको छ ।
लामो समयदेखि संकुचित रहेको वाणिज्य बैंकको कर्जा लगानीमा विस्तारै सुधार आउन थालेको हो । यो अवधिमा कर्जासँगै निक्षेप बढेको संघले जनाएको छ ।
भदौ लागेयता निक्षेप १२ अर्बले बढेर ३४ खर्ब ९१ अर्ब रुपैयाँ नाघेको छ । साउन मसान्तसम्म वाणिज्य बैंकको निक्षेप ३४ खर्ब ७९ अर्ब रुपैयाँ थियो ।
कोरोना महामारीपछि कर्जा मागमा गिरावट आउँदा बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा २ खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता थुप्रिएको छ ।
प्रतिक्रिया