विदेश

भारतमा एकैदिन ९५ हजार बढीमा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ भदौ २५ गते ७:२७
भारतमा एकैदिन ९५ हजार बढीमा कोरोना संक्रमण

२५ भदौ, २०७७ काठमाडौं । भारतमा अझै दैनिक कोरोना संक्रमित हुनेको संख्या बढ्ने क्रममै देखिएको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९५ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएको हो । यो संख्या भारतसहित विश्वमै एकैदिन संक्रमित हुने हालसम्मकै उच्च हो ।

संक्रमित सूचीमा दोस्रो स्थानको भारतमा कोरोना संक्रमित हुनेको संख्या ४४ लाख नाघेको छ । पछिल्लो समय अन्य देशमा संक्रमित संख्या घट्दा भारतमा भने बढ्ने क्रममा रहेको छ ।

भारतपछि अमेरिकामा ३५ हजार बढी तथा ब्राजिलमा ३४ हजार भन्दा बढी संक्रमित थपिए । अमेरिका र ब्राजिलमा भने पछिल्लो समय संक्रमित संख्या घट्ने क्रममा रहेको छ ।

अमेरिकामा ६५ लाख बढी तथा ब्राजिलमा ४१ लाख बढीमा संक्रमण भएको छ । बुधबार विश्वमा २ लाख ७० हजार भन्दा बढी संक्रमित थपिए ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा झण्डै ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १ हजार २ सय ९, भारतमा १ हजार १ सय ६८ तथा ब्राजिलमा १ हजार १ सय ३६ जनाले ज्यान गुमाए ।

अमेरिकामा हालसम्म १ लाख ९५ हजार बढी, ब्राजिलमा १ लाख २८ हजार बढी तथा भारतमा ७५ हजार बढी मानिसको संक्रमणबाट मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *