आर्थिक

सिप्लिकानबाट समृद्धि ल्याउने म्याग्दे गाउँपालिकाको योजना (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २४ गते १४:०७
सिप्लिकानबाट समृद्धि ल्याउने म्याग्दे गाउँपालिकाको योजना (भिडियोसहित)

२४ भदौ, २०७७ तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाका सामुदायिक वनमा सिप्लिकान रोपिएको छ । उपभोक्तालाई आत्मनिर्भर हुन सहयोग पुग्ने गरी कोरोना महामारीका बेला सामाजिक दूरी कायम गरी सिप्लिकान गोडमेल गर्ने काम भइरहेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका २ मा डाँडैभरी सिप्लिकान लगाइएको छ । पृथ्वीराजमार्गको ज्यान्ट्याङ सामुदायिक वन उपभोक्ता समूहको हाता भित्र ३ दशमलव ५ हेक्टर क्षेत्रफलमा सिप्लिकानको बिरुवा रोपिएको हो ।

म्याग्दे गाउँपालिका, लायन्स क्लब अफ तनहुँ, र सामुदायिक वन यसमा सक्रिय छन । सिप्लिकान औषधीय गुण भएको तरकारी र अचारका रुपमा प्रयोग गर्न सकिने जडिबुटी हो ।

सव डिभिजन वन कार्यालय गुणादीले दिएको पाँच हजार र केही बिरुवा अन्यत्रबाट ल्याएर रोपिएको छ । यो सामुदायिक वनलाई नमुना सामुदायिक वनको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।

समुदायका व्यक्तिलाई आयआर्जन बृद्धि गरी आत्मनिर्भर गराउने उद्देश्यले डाँडैभरी सिप्लीकान, खयर, कपुर, धुपी, चापलगायतका बिरुवा रोपिएको छ । सिप्लिकानबाट सामुदायिक वनमा आबद्ध १ सय ९० घरधुरीलाई आत्मनिर्भर गराउने उद्देश्य छ ।

सिप्लिकान तरकारी र अचारका रुपमा नेपाली भान्छामा लोकप्रिय मानिन्छ । सिप्लिकानले सुगर, प्रेसर, मुटुरोग, टाउको दुख्ने, रोग कम गर्ने स्वास्थ्यकर्मीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *