खेलकूद

सन्दीप आवद्ध जमैका तलाबाज सीपीएलको सेमिफाइनलबाटै बाहिरियो

हिमालय टिभी
२०७७ भदौ २४ गते ७:५३
सन्दीप आवद्ध जमैका तलाबाज सीपीएलको सेमिफाइनलबाटै बाहिरियो

२४ भदौ, २०७७ काठमाडौं । सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज क्यारेबियन प्रिमियर लीग (सीपीएल्) क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ।

सीपीएल अन्तर्गत जमैका पहिलो सेमिफाइनलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको पराकिलो अन्तरले पराजित भएको हो । १ सय ८ रनको मध्यम लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो ।

ट्रिनबागोका लेन्डल सिमोन्स ५४ तथा टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । बलिङमा जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।

त्यस्तै यसअघिका सबै खेलमा विकेट लिएका सन्दीप यो खेलमा विकेटविहीन रहे। उनले ४ ओभर बलिङ गर्दै २९ रन दिए। सन्दीपले जारी सीपीएलका ११ खेल खेल्दै १२ विकेट लिएका छन् ।

यसअघि ब्रायन लारा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७ रन मात्रै बनाएको थियो । उसका लागि एनक्रुमाह बोनेरले ४१ रन बनाउँदा कप्तान रोभम्यान पोवेलले ३३ रन जोडे ।

बलिङमा ट्रिनबागोका अकिल होसैनले तीन तथा खारी पिएरीले दुई विकेट लिए । दोस्रो सेमिफाइनलमा आज गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्