कोरोनाले थलिएको पर्यटन क्षेत्रबारे अध्ययन गर्न कार्यदल गठन

२३ भदौ, २०७७ काठमाडौं । नेपाल पर्यटन बोर्डले कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको उद्धारका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई तत्कालका लागि टिकाउने र दीर्घकालिन रुपमा पुनरुत्थानको योजना बनाउन बोर्डले कार्यदल बनाएको हो ।
बोर्डका प्रमूख कार्यकारी अधिकृत धनञ्जय रेग्मीको संयोजक्तवमा गठित कार्यदलमा उड्डयन, होटेल तथा अन्य पर्यटकीय क्षेत्रका विज्ञ, व्यवसायी र सरकारी अधिकारी समावेश छन् ।
कार्यदललाई अन्तर्राष्ट्रिय अभ्यास समेतको अध्ययन गरी थलिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिन उपाय पेश गर्ने जिम्मेवारी दिइएको छ ।
कार्यदलले तत्काल पर्यटनका गतिविधिलाई सुरक्षित ढंगले कसरी अगाडी बढाउन सकिन्छ भन्ने समेत अध्ययन गर्नेछ । यस्तै पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी र मजदूरका लागि आर्थिक प्याकेज तथा सहायताको मार्ग समेत पहिल्याउने बोर्डले उल्लेख छ ।
प्रतिक्रिया