समाज
प्रहरी नियन्त्रणमा रहेका विप्लव समूहका कार्यकर्तामा कोरोना संक्रमण पुष्टि
२०७७ भदौ २३ गते १३:०६
२३ भदौ, २०७७, सुनसरी । चितवनबाट मुद्दा चलाउन प्रहरीले धरान पुर्याएका नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई कोरोना संक्रमण भएको छ ।
इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका विप्लवका कार्यकर्तामा कोरोना संक्रमण पुष्टि भएको हो। उनलाई तीन दिनअघि मात्र चितवनबाट धरान पुर्याइएको थियो ।
दैलेख घर भएका विप्लव कार्यकर्ताको पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो।
उनीविरुद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको इलाका प्रहरी कार्यालयका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया