नेसन्स लीग फुटबलमा इटालीले पहिलो जित

२३ भदौ, २०७७ काठमाडौं । नेसन्स लीग फुटबलमा इटालीले पहिलो जित निकालेको छ ।
प्रतियोगितामा अन्तर्गत आफ्नो दोस्रो खेलमा इटालीले घरेलु टोली नेदरल्याण्ड्सलाई १–० ले हराएको हो । समूह ए वानको खेलमा इटालीको जितमा निकोलो बारेलाले गरेको गोल नै निर्णायक रह्यो ।
बारेलाले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हेडमार्फत गोल गरेका थिए । जितसँगै इटाली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
समूह ए वानकै अर्को खेलमा पोल्याण्डले बोस्निया हर्जगोविनालाई २–१ ले पराजित गरेको छ । जितपछि पोल्याण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
लीग अन्तर्गत गएराति भएका अन्य खेलमा बेलारुसले काजखस्तानलाई २–१ ले, लिथुवानियाले अल्बानियालाई १–० ले, रोमानियाले अस्ट्रियालाई ३–२ ले, नर्वेले उत्तरी आयरल्याण्डलाई ५–१ ले तथा स्कटल्याण्डले चेक गणतन्त्रलाई २–१ ले पराजित गरेका छन् । उता इजरायल र स्लोभाकियाले भने ११ गोलको बराबरी खेलेर अंक बाँडेका छन् ।
प्रतिक्रिया