आर्थिक

भदौ २५ गतेपछि निषेधाज्ञा नमान्ने नाडा अटोमोबाइल्स एसोसिएसनको चेतावनी

हिमालय टिभी
२०७७ भदौ २२ गते १८:४६
भदौ २५ गतेपछि निषेधाज्ञा नमान्ने  नाडा अटोमोबाइल्स एसोसिएसनको चेतावनी

२२ भदौ, २०७७ काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई अपील गरेको छ ।

नाडाको पदाधिकारी बैठकले भदौ २४ गतेसम्म निषेधाज्ञा भएकाले २५ गतेदेखि नियमित रुपमा व्यवसाय चलाउने निर्णय गरेको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अहिलेसम्म सरकारले भनेको सबै मानेको भन्दै व्यवसाय चलाउने वातावरण बनाउन आग्रह गर्नुभयो । सरकारले फेरि पनि निषेधाज्ञा र लकडाउन गरे नमान्ने नाडा अटोमोबाइल्स एसोसिएसनको चेतावनी छ ।

सरकारी कर्मचारी र नेताहरुमा लकडाउन र निषेधाज्ञाकै पक्षमा रहेको भन्दै अध्यक्ष दुलालले आपत्ति जनाउनुभयो । नेता र कर्मचारी स्वार्थी बनेको उहाँको आरोप छ ।

कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दाबस्दै भोक लाग्ने बेला भइसकेको नाडा अटोमोबाइल्स एसोसिएसनको तर्क छ । विश्वका अरु देशमा पनि उद्योग व्यवसाय चलेको भन्दै उसले सरकारको ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *