कला/मनोरञ्जन
गायक गिरीको नयाँ म्युजिक भिडियो ‘मुग्लान’ सार्वजनिक
२०७७ भदौ २२ गते १७:२२

हालसालै बजारमा ‘झरी परेको रात’ ल्याएका गायक सुनिल गिरीको नयाँ म्युजिक भिडियो ‘मुग्लान’ सार्वजनिक भएको छ ।
शब्द, संगीत र निर्माण सुनिलकै रहेको गीतमा मेलिना मैनालीले साथ दिएकी छन् । विवेक विकले छायांकन गरेको गीतको भिडियोमा पनि सुनिल र मेलिनाकै अभिनय रहेको छ ।
गीत गायक सुनिलको ‘पिरती’ एल्बममा समावेश छ । गिरीको ‘को होला त्यो’, ‘सोल्टीनि भनि बोलाको’, ‘झरी परेको रात’, ‘देउराली भञ्ज्याङ’, ‘कस्तो यो मन’, ‘रोगै पिरती’, ‘ए साइँली’, ‘यात्री’लगायतका गीत चर्चित छन् ।
प्रतिक्रिया