समाज

जनशक्ति अभावमा राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको काम प्रभावित (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २२ गते १७:१५
जनशक्ति अभावमा राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको काम प्रभावित (भिडियोसहित)

२२ भदौ, २०७७ नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा इन्जिनियरदेखि प्राविधिक कर्मचारी अभाव हुँदा नहर निर्माणको काम प्रभावित भएको छ । शाखा नहर निर्माण हुने क्षेत्रमा पर्ने जग्गाको पहिचान गरी अधिग्रहण गर्ने, मुआब्जा रकम निर्धारणका लागि आबश्यक कागजपत्र तयार पार्ने जस्ता प्राबिधिक काम गर्ने अमिन तथा सर्वेक्षक नहुँदा काममा ढिलाई हुने गरेको छ ।

करिब साढे ३ अर्ब रुपैयाँ लागतमा निर्माण भएको सिक्टा सिचाइ आयोजनाको हेडबक्स र त्यहाँ जडान गरिएका अत्याधुनिक प्रविधिसहितको कन्ट्रोल रुम संचालनका लागि आवश्यक पर्ने मेकानिकल इन्जिनियरको दरबन्दी बर्षौदेखि रिक्त छ ।

जग्गा अधिग्रहणको कामपछि निर्माण गर्नुपर्ने संरचनाको डिजाइन इष्टिमेट तयार पार्नका लागि चाहिने २ जना सिनियर डिभिजनल इन्जिनियरको दरबन्दी पनि ६ महिनादेखि रिक्त छ । फिल्ड मै खटिएर काम गर्नु पर्ने अमिन, सर्बेयरदेखि सिनियर डिभिजनल इन्जिनियर नहुँदा कामले गति लिन सकेको छैन ।

अख्तियारको निगरानीमा परेको र धेरै कर्मचारीविरुद्ध मुद्दा चलिरहेका कारण सिंचाइ विभागका धेरै जसको कर्मचारी सरुवा भएर सिक्टा सिंचाइ आयोजनामा आउनै चाहँदैनन । सरुवा भएर आए पनि मल लगाएर कामै नगर्ने प्रवृत्ति बढ्दै गएका कारण नहर निर्माणको कामले गति लिन सकेको छैन ।

आयोजनाका लागि तत्कालै ३ जना अमिन एक जना सर्वेक्षक आवश्यक छ । सिक्टाको पश्चिम मूल नहर निर्माणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते नहर निर्माणमा संलग्न पूर्वआयोजना प्रमुखसहित ११ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‍यो ।

अख्तियारको निगरानीमा परेको र धेरै कर्मचारीविरुद्ध मुद्दा चलिरहेका कारण सिंचाइ विभागका धेरै जसको कर्मचारी सरुवा भएर सिक्टा सिंचाइ आयोजनामा आउनै चाहँदैनन । सरुवा भएर आए पनि मल लगाएर कामै नगर्ने प्रवृत्ति बढ्दै गएका कारण नहर निर्माणको कामले गति लिन सकेको छैन ।

बजेट उपलब्ध हुँदा पनि प्राविधिक तथा दक्ष कर्मचारी नहुँदा नहरका ७ वटा शाखा र ५० भन्दा बढी प्रशाखाको करिब १ सय किलोमिटर लामो नहर निर्माणको काम प्रभाबित भएको छ ।

पश्चिमी मुल नहरमा पर्ने गुरुवा गाउँ, डुडुवा, अकल घरुवा, गोहवा, पर्सेनीपुर र पीडारीतर्फ शाखा नहर निर्माण गर्नका लागि त्यस क्षेत्रमा पर्ने करिब १ सय हेक्टर जमिन अधिग्रहण गर्नुपर्छ । तर गत वर्ष १३ हेक्टर जग्गाको रेखाङकन गरेर मुआब्जा वापत १६ करोड रुपैयाँ मात्रै वितरण भयो ।

तर जनशक्ति अभावले जग्गाको जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा शाखा तथा प्रशाखा निर्माणको लागत बढ्नुका साथै नहर निर्माणमा ढिलाई हुने देखिएको छ । काममा ढिलाइ नगर्न सरोकारवालाको सुझाव छ ।

२०७० सालको माघसम्म पूरा गर्ने लक्ष्यसहित २०६२र०६३ मा शुरु भएको सिक्टा सिंचाइ आयोजना अझै सम्पन्न हुन सकेको छैन । निर्माण सम्पन्न हुनु पर्ने अबधि सकिएको ७ बर्ष बिति सक्दा पनि नहर निर्माणको काम भने करिब ६५ प्रतिशत मात्रै पूरा भएको छ ।

आयोजना शुरु हुँदा १२ अर्ब ७० करोडको लागतमा नहर निर्माणको काम सम्पन्न गर्ने अनुमान गरिएको थियो । तर ६५ प्रतिशत काम पुरा हुँदा १६ अर्ब ९७ करोड खर्चभई सकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *