समाज
ताप्लेजुङमा पहिरोमा पुरिँदा दुई जनाको मृत्यु
२०७७ भदौ २२ गते १२:३०
२२ भदौ, २०७७, ताप्लेजुङ । ताप्लेजुङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
पहिरोले नागदेवालद्यु जलविद्युतआयोजनाको पावर हाउस भवन बगाउँदा ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ का ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेवेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पावर हाउसमा अप्रेटर काम गर्दै आएका दुबै जनालाई पावर हाउससँगै पहिरोले बगाएको हो ।
प्रतिक्रिया