अष्ट्रेलियासँगको टी-ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जित्यो
२२ भदौ, २०७७ काठमाडौं । अष्ट्रेलियाविरुद्धको तीन खेलको ट्वेन्टी-ट्वेन्टी श्रृंखला घरेलु टोली इंग्ल्याण्डले जितेको छ ।
गएराति सम्पन्न दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्याण्डले एक खेल अगावै श्रृंखला २–० ले जितेको हो ।
साउथह्याम्पटनमा १ सय ५८ रनको लक्ष्य इंग्ल्याण्डले १८ दशमलव ५ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टाएको थियो । उसका लागि जोस बट्लरले अविजित ७७ रन जोडे । यस्तै डाविड मालनले ४२ रन बनाए ।
बलिङमा अष्ट्रेलियाका एस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले समान ११ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । उसका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कुस स्टोनिसले ३५ रन बनाएका थिए ।
यस्तै ग्लेन म्याक्सवेलले २६ रन जोड्दा एस्टन अगरले २३ रन बनाए । बलिङमा इंग्ल्याण्डका क्रिस जोर्डनले २ विकेट तथा जोफ्रा आर्चर, मार्क उड र आदिल राशिदले समान एकएक विकेट हात पारे ।
पहिलो खेल इंग्ल्याण्डले २ रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आगामी मंगलबार हुनेछ ।
प्रतिक्रिया