समाज

विराटनगरमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ २१ गते १८:२३
विराटनगरमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

२१ भदौ, २०७७, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका– २ का ७० वर्षीय वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले उपचारका लागि शनिबार साँझ वृद्धलाई कोशी अस्पताल ल्याएका थिए ।

अस्पताल ल्यइपुर्‍याउँदा नै वृद्धको मृत्यु भएके थियो । वृद्धको मृत्युपछि स्वाब संकलन गरेर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *