समाज

बर्दियास्थित सिजी फुड्सका ४२ जना कर्मचारीका कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ २१ गते १८:१७
बर्दियास्थित सिजी फुड्सका ४२ जना कर्मचारीका कोरोना संक्रमण पुष्टि

२१ भदौ, २०७७, बर्दिया । बर्दियाको बाँसगढीमा संचालित चौधरी ग्रुप (सिजी फुड्स) का ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २९ पुरुष र १३ महिला रहेका छन् ।

भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार संक्रमण पुष्टि भएकाहरु उद्योगको चाउचाउ कारखानामा कार्यरत मजदुरहरु हुन् ।

जसमध्य ३४ जना बाँसगढीका र ४ जना बढैयातालका गरी ३८ जना बर्दियाका हुन् भने अन्य ४ जना विभिन्न् जिल्लाका व्यक्तिहरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै बर्दियामा कुल संक्रमितको संख्या ४ सय ७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *