खेलकूद

यूइएफए नेसन्स लीगमा इंग्ल्याण्ड र फ्रान्सको विजयी शुरुवात

हिमालय टिभी
२०७७ भदौ २१ गते ८:३८
यूइएफए नेसन्स लीगमा इंग्ल्याण्ड र फ्रान्सको विजयी शुरुवात

२१ भदौ, २०७७ काठमाडौं । यूइएफए नेसन्स लीग फूटबलमा इंग्ल्याण्ड र फ्रान्सले विजयी शुरुवात गरेका छन् ।

गएराति इंग्ल्याण्डले आइसल्यण्डलाई १(० गोलले पराजित गरेको हो । आइसल्यण्डको मैदानमा सम्पन्न खेलमा रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक रह्यो ।

दुबै टोली १०–१० खेलाडीमा समेटिएको खेलको इन्जुरी समयमा स्टर्लिङले पेनाल्टीमा गोल गरेका थिए ।

७१ औं मिनेटमा केली वाल्करले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इंग्ल्याण्ड र ८९ औं मिनेटमा इन्गासन दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा घरेलु १० खेलाडीमा समेटिएका थिए ।

आयरल्याण्डका डिफेन्डर इन्गासनले पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि इंग्ल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । जितसँगै समूह ए टु मा इंग्ल्याण्डले ३ अंक जोडेको छ । इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा छ ।

उता समूह ए थ्री मा पोर्चुगल र फ्रान्सले पनि विजयी शुरुवात गरेका छन् । पोर्चुगलले क्रोएसियामाथि ४(१ को जित निकालेको हो ।

यस्तै फ्रान्सले स्वीडेनलाई १(० ले पराजित गरेको हो । फ्रेन्ड्स एरिना सोल्नमा पाहुना टोली फ्रान्सको जितमा एमबाप्पेले ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाएपनि एन्टोइन ग्रिजम्यानले गोल गर्न सकेनन् । यससँगै समूह ए थ्री मा ३ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा रहेको छ ।

समान ३ अंक जोडेको पोर्चुगल गोलअन्तरका आधारमा पहिलो स्थानमा छ । अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र पुछारमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्