२१ भदौ, २०७७ मस्को । इरान र रसियाले मिलेर कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने भएका छन् ।
इरान र रसियाबीच तेहरानमा कोभिड(नाइन्टिनविरूद्धको खोप उत्पादनमा सहकार्य गर्ने सहमति भएको हो। यस बारे मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गर्दै इरानको एक अर्ध(सरकारी समाचार संस्थाले दिएको छ।
फार्स न्यूज एजेन्सीका अनुसार उक्त सहमति रूसी प्रत्यक्ष लगानी कोषका कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको छ।
उक्त अवसरमा इरानी राजदूतले कोरोना भाइरसविरुद्धको खोप खोप पत्ता लगाउन सफल भएको भन्दै रुसलाई बधाई दिनुभएको थियो। जलालीले दुबै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रुससँग आग्रह गरेका छन्।
रसियाका स्वास्थ्य अधिकारीहरूले हालै कोभिड(१९ खोपको उत्पादन गर्ने घोषणा गरेका थिए।