विदेश

भारतमा एकैदिन ९० हजार बढी कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ २१ गते ८:२६
भारतमा एकैदिन ९० हजार बढी कोरोना संक्रमित थपिए

२१ भदौं, २०७७ काठमाडौं । भारतमा एकैदिन विश्वमै हालसम्मकै बढी मानिसमा कोरोना संक्रमण भएको छ ।

बितेको २४ घण्टामा त्यहाँ ९० हजार भन्दा बढीमा संक्रमित थपिएका हुन् । यो संख्या विश्वमै एकैदिन संक्रमित हुने हालसम्मकै उच्च हो । अघिल्लो दिन त्यहाँ ८७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय भारतमा दैनिक संक्रमित हुनेको संख्या अमेरिका र ब्राजिल भन्दा लगभग दोब्बरको संख्यामा रहेको छ । यस्तै त्यहाँ गत बिहिबार यता दैनिक कोरोना संक्रमित हुनेको संख्या ८० हजार माथि रहेको छ ।
भारतमा कोरोना संक्रमित हुने ४१ लाख नाघेका छन् ।

भारतपछि अमेरिकामा ४२ हजार तथा ब्राजिलमा ३१ हजार बढी संक्रमित थपिए । अमेरिकामा ६४ लाख भन्दा बढी तथा ब्राजिलमा ४१ लाख भन्दा बढीमा संक्रमण भएको छ । विश्वभर अहिलेसम्म २ करोड ७० लाख भन्दा बढी मानिसमा संक्रमण भएको छ । शनिबार विश्वभर २ लाख ६९ हजार भन्दा बढीमा संक्रमण भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी १ हजार ४४, अमेरिकामा ७ सय ७ तथा ब्राजिलमा ६ सय १९ जनाले ज्यान गुमाए ।

उता विश्वभर संक्रमित मध्ये १ करोड ९१ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् । आज मेक्सिकोमा ६ हजार बढी संक्रमित थपिंदा ४ सय ७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *