समाज
निषेधाज्ञाका कारण भोकै परेकालाई नारायणी किनारमा भरपेट भोजन (फोटो फिचरसहित)
२०७७ भदौ २० गते १८:५२
![निषेधाज्ञाका कारण भोकै परेकालाई नारायणी किनारमा भरपेट भोजन (फोटो फिचरसहित)](https://www.himalayatv.com/wp-content/uploads/2020/09/chitawan-bhojan.jpg)
२० भदौ, २०७७ चितवन । सडकमा बेवारिस जीवन बिताइरहेकालाई भोकै बस्न नपरोस् भन्दै नारायणगढको नारायणी नदी किनारमा दैनिक भोजन गराउने गरिएको छ ।
विभिन्न व्यक्ति तथा संघसंस्थासँगको सहकार्यमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले दैनिक रुपमा निःशुल्क खाना खुवाउँदै आएको छ ।
संस्थाले दैनिक एक सय भन्दा बढी बेसहारा व्यक्तिलाई खाना खुवाउँदै आएको छ । अभियानमा सामाजिक संघसंस्था तथा व्यक्तिले सहयोग गरिरहेका छन् ।
निषेधाज्ञाका कारण समस्यामा परेकालाइ नारायणी नदी किनारमा भदौ ५ गतेदेखि प्रत्येक दिन बिहान खाना खुवाइने गरेको छ ।
प्रतिक्रिया