रुपन्देहीमा निषेधाज्ञाको मोडालिटी परिवर्तन, बन्द व्यवसाय खुल्ने

२० भदौ, २०७७ बुटवल । रुपन्देहीमा निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको छ । यस अघि पूर्णरुपमा बन्द भएका ब्यवसाय भोलिबाट खोलिने भएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जारी गरेको आदेशमा सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरेर बजार पसल खोल्ने उल्लेख छ ।
भोलिदेखि उपभोग्य वस्तु र सेवा बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म संचालन गर्न पाइनेगरी नयाँ नियम बनाइएको छ ।
अन्य व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने सूचनामा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नगरी नियमित सेवा दिनसक्ने छन् । अत्यावस्यकबाहेकका यातायात भने खोलिएको छैन ।
औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडी भने चल्न रोक लगाइएको छैन । नयाँ आदेश भदौ २८ गते राती १२ बजे सम्मकायम रहने जनाइएको छ ।
प्रतिक्रिया