विदेश

यो वर्षको अन्त्यसम्म अमेरिकामा कोरोनाबाट चार लाख नागरिकको मृत्यु हुने सक्ने आँकलन

हिमालय टिभी
२०७७ भदौ २० गते १३:४८
यो वर्षको अन्त्यसम्म अमेरिकामा कोरोनाबाट चार लाख नागरिकको मृत्यु हुने सक्ने आँकलन

२० भदौ, २०७७ न्युयोर्क । अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोना भाइरसबाट ४ लाख नागरिकको मृत्यु हुनसक्ने एक विश्व विद्यालयले प्रक्षेपण गरेको छ ।

वॉशिंगटन विश्वविद्यालयको स्वास्थ्य संस्थानका अनुसार अन्तिम महिना डिसेम्वरमा हरेक दिन ३ हजार जनाको मृत्यु हुन सक्नेछ । अमेरिकामा अहिले मृतकको संख्या २ लाख नजिक छ ।

तीन महिनामै यो संख्या दोब्बर हुने विश्वविद्यालयको प्रक्षेपण छ । न्यूज़ एजेसी रोयटर्सका अनुसार यदि मास्क लगाउने जस्ता नियम कडाइपूर्वक पालना गर्न सके मृतकको संख्या ३० प्रतिशत कम हुने पनि विश्वविद्यालयको अनुमान छ । तर अमरिकामा ठुलो संख्याले मास्कको विरोध गरिरहेको छ ।

अहिले अमेरिकामा औसतमा प्रतिदिन साढे ८ सय जनाको कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ । तर आवस्यक सावधानी नअपनाए यो संख्या छिट्टै तीन गुणाले बढ्ने पनि विश्वविद्यालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *