खेलकूद

अष्ट्रेलियासँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी

हिमालय टिभी
२०७७ भदौ २० गते ७:५०
अष्ट्रेलियासँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी

२० भदौ, २०७७ काठमाडौं । अष्ट्रेलियासँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।

गएराति घरेलु टोली इंग्ल्याण्डले अष्ट्रेलियामाथि दुई रनको रोमाञ्चक जित निकालेको हो । १ सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्रै बनाउन सक्यो ।

उसका लागि डेविड वार्नरले ५८ रन बनाए । त्यस्तै कप्तान आरोन फिन्च ४६ रनमा आउट भए । अन्तिम ओभरमा जितको लागि १५ रन चाहिएपनि मार्कुस स्टोनिसले १२ रन मात्रै बनाउन सके ।

बलिङ्मा इंग्ल्याण्डका जोफ्रा आर्चर र अदिल राशिदले समान दुई(दुई विकेट हात पारे । यसअघि साउथह्याम्टनमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो ।

उसका लागि डाविड मलानले ६६ तथा जोश बट्लरले ४४ रन बनाए । बलिङ्मा अष्ट्रेलियाका एस्टन अगर, केन रिचर्ड्सन र ग्लेन म्याक्सवेलले समान २(२ विकेट लिए । जितसँगै तीन खेलको श्रृंखलामा इंग्ल्याण्डले एक(शुन्यको अग्रता लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्