विदेश

रुसले उत्पादन गरेको कोरोनाविरुद्धको खोप प्रभावकारी

हिमालय टिभी
२०७७ भदौ २० गते ७:४७
रुसले उत्पादन गरेको कोरोनाविरुद्धको खोप प्रभावकारी

२० भदौ, २०७७ मस्को । रुसले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप शुरुवाती चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी भएको पाइएको छ ।

स्पुतनिक भी नाम गरेको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएको हो। सार्वजनिक परीक्षण अनुसार सो खोप लगाउने व्यक्तिको शरीरमा कुनै गम्भीर स्वास्थ्य समस्या बिनै एन्टिबडी उत्पादन भएको छ।

खोप लगाएको ४२ दिनसम्म कुनै नकारात्मक प्रभाव नदेखिएको र त्यसले २१ दिनभित्र एन्टिबडी बनाउन सक्षम रहेको पाइएको छ । यसबारेको जानकारी बेलायती मेडिकल जर्नल ल्यान्सेट मा प्रकाशित एक अध्ययनमा दिइएको हो ।

उता विशेषज्ञहरुले भने खोप सुरक्षित र प्रभावशाली भएको प्रमाणित गर्न निकै कम संख्यामा खोपको परीक्षण गरिएको बताएका छन् । ल्यान्सेटको अध्ययनअनुसार रुसी शोधकर्ताले दुई छोटो परीक्षण गरेका थिए, प्रत्येक परीक्षणमा १६ देखि ६० वर्षका ३८ स्वस्थ व्यक्तिलाई सहभागी गराइएको थियो ।

उनीहरुलाई दुई समूहमा खोप दिइएको थियो । गत महिना रुसको स्वास्थ्य नियमक संस्थाले खोपलाई अनुमति दिएपछि केही पश्चिमा देशका विज्ञहरुले त्यसप्रति अविश्वास व्यक्त गरेका थिए।

रुसले गएको महिना कोरोना भाइरसको खोप विकसित गर्ने घोषणा गरेको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले पहिलो खोप बनाएको घोषणा गर्दै आफ्नो छोरीले पनि त्यो खोप लगाएको बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *