धराशायी हुँदै उद्योग व्यवसाय, छैन सरकारको कुनै योजना

२० भदौ, २०७७ पर्सा । कोरोना संक्रमण महामारीको कारण पर्सामा लकडाउन र निषेधाज्ञा जारी भएको लगभग ५ महिना पूरा भइसकेको छ । पाँच महिनाको बन्दाबन्दीले उद्योग व्यवसायी धरासायी भएका छन् ।
वीरगन्ज पथलैया औद्योगिक करिडोरमा १५ सय हाराहारीमा उद्योग छन् । सरकारले निषेधाज्ञाका बेलामा पनि मापदण्ड पूरा गरेर उद्योग चलाउन दिने निर्णय गरेको छ । तर त्यसमा स्थानीयबासिन्दाकै अवरोध छ ।
स्थानीयबासिन्दाको अवरोध, मजदुर अभाव र अरु कारणले उद्योग सञ्चालन गर्ने अवस्था छैन । त्यसैले यो क्षेत्रका ८० प्रतिशत उद्योग बन्द छन् । सञ्चालनमा रहेको उद्योगले गरेको उत्पादन पनि बजारमा लैजान सकिएको छैन ।
सरकारले लकडाउन र निषेधाज्ञाका बेला बन्द भएका उद्योगलाई राहत दिने भने पनि उद्योगी व्यवसायीले केही पाएका छैनन् । उद्योगहरु दयनीय अवस्थामा पुगेका छन् । त्यसैले उनीहरुले सरकारसँग राहत मागेका छन् ।
बारा र पर्सका उद्योगमा डेढ लाख मजदुर कार्यरत छन् । तर उद्योग बन्द हुँदा ८० प्रतिशत मजदूर अहिले काम बिहिन छन् ।
प्रतिक्रिया