अन्तर्वार्ता

कारागारमा कोरोनाले भयावह अवस्था निम्ताउन सक्छः अधिवक्ता सिंह

हिमालय टिभी
२०७७ भदौ १९ गते १५:०९
कारागारमा कोरोनाले भयावह अवस्था निम्ताउन सक्छः अधिवक्ता सिंह

१९ भदौ, २०७७ काठमाडौं । अधिवक्ता सुनिल रञ्जन सिंहले नेपालमा अहिलेसम्म करिब १५० जना कैदीबन्दीमा कोरोना संक्रमण भइसकेकाले व्यवस्थापनमा राज्यले ध्यान नदिए अवस्था भयावह हुने बताउनु भएको छ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै अधिवक्ता सिंहले नेपालका ७७ जिल्लामा रहेका ७४ ओटा कारागारमामध्ये १० हजारभन्दा बढी कैदीबन्दी राख्न नमिल्ने भए पनि २१ हजारसम्म रहेको बताउनु भयो ।

उहाँले कारागारमा पनि सामाजिक दूरी कायम हुन नसक्ने भएकाले अब अवस्था कारागारबाटै नियन्त्रण बाहिर जाने बताउनु भयो । अहिलेको अवस्थामा जघन्य अपराध गरेका बाहेक कैदीलाई कागज गराएर छाड्नु उपयुक्त हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्