समाज

बाँकेमा आज र भोलि नागरिकलाई हिँडडुलमा समेत रोक

हिमालय टिभी
२०७७ भदौ १९ गते १३:३८
बाँकेमा आज र भोलि नागरिकलाई हिँडडुलमा समेत रोक

१९ भदौ, २०७७, बाँके । बाँके जिल्लामा कोरोनाको संक्रमण फैलन नदिन भन्दै आज र भोलि नागरिकलाई हिडडुल गर्न समेत नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

बाँकेमा पछिल्ला दिनमा औषतमा दैनिक ३० देखि ४० जनाको संख्यामा संक्रमित थपिएका छन् ।

हप्तामा २ दिन निषेधाज्ञालाई कडाईका साथ लागु गर्दा कोरोना संक्रमणको चेन टुट्ने र संक्रमण नियन्त्ररणमा आउने बिज्ञको सुझाब पछि कोभिड ब्यबस्थापन संकट समितिको बैठकले हरेक हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञालाई कडाईका साथ पालना गराउन ठूलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । बाँकेमा संक्रमितको संख्या १ हजार १ सय ३९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *