भारतमा एकैदिन अहिलेसम्मकै धेरै ८४ हजार कोरोना संक्रमित थपिए

१९ भदौ, २०७७ काठमाडौं । भारतमा अहिले सम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८४ हजार एक सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक भारतमा अमेरिका र ब्राजिलमाभन्दा लगभग दोब्बर बढी संक्रमित देखिन थालेका छन् । पछिल्लो २४ घण्टाको मृत्युदर पनि अमेरिका र ब्राजिलको भन्दा भारतमा बढी छ ।
थप ८४ हजार भन्दा बढीमा संक्रमण देखिएसँगै भारतमा हालसम्म संक्रमितको संख्या ३९ लाख ३३ हजार नाघेको छ । थप एक हजार ८३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्युहुनेको संख्या ६८ हजार ५ सय ६९ पुगेको छ ।
उता अमेरिकामा ४३ हजार ८ सय संक्रमित थपिएका छन् भने एक हजार ६३ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा थप ४४ हजार ८ सय २८ जना संक्रमित थपिएका छन् भने ८ सय ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
विश्वभर पछिल्लो २४ घण्टामा दुई लाख ८५ हजार भन्दा बढी संक्रमित थपिएका छन् भने ५ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया