खेलकूद

युइएफए नेशन्स लिगमा स्पेन र जर्मनीबीचको खेल बराबरी

हिमालय टिभी
२०७७ भदौ १९ गते ८:१८
युइएफए नेशन्स लिगमा स्पेन र जर्मनीबीचको खेल बराबरी

१९ भदौ, २०७७ काठमाडौं । युइएफए नेशन्स लिगमा स्पेन र जर्मनीबीचको खेल बराबरीमा रोकिएको छ । समूह ए अन्तर्गत भएको खेलमा जर्मनीले स्पेनसँग एकएक गोलको बराबरी खेलेको हो ।

स्टुटगार्टमा गएराति भएको खेलमा जर्मनीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको पहिलो २० मिनेटमा जर्मनीले दबाव बनाएको थियो । जसमा उसले दुई पटक गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

लिरोय सानेको प्रहारलाई स्पेनका गोलकिपरले बचाए भने अर्को पटक रोद्रिगोले सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलका ५१ औं मिनेटमा जर्मनीले अग्रता लियो । उसका लागि रोबिन गोसेन्सको क्रसमा वेरनेरले गोल गर्न सफल भए ।

नयाँ सिजनका लागि चेल्सीमा अनुबन्ध भएका वेरनेरको उत्कृष्ट प्रहारलाई स्पेनका गोलकिपरले बचाउन सकेनन् । एक गोलले पछि परेको स्पेनले इन्जुरी समयमा खेल बराबरी गर्न सफल भयो ।

यसका लागि डेब्यु गरेका खेलाडी अंशु फाटीले गोल गर्न सफल भए । फेरान टोरेसको क्रसलाई फाटीले गोलमा परिणत गरेका थिए । फाटी अन्तराष्ट्रिय फुटबलमो स्पेनका लागि कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन ।

उनले १७ बर्ष तीन सय आठ दिनमा अन्तर्राष्ट्रिय गोल गर्दै नयाँ इतिहास बनाएका छन । बार्सिलोनाका युवा स्टार खेलाडी फाती सन् १९ सय २५ पछि स्पेनका लागि गोल गर्ने कान्छो खेलाडी बने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्