खेलकूद
सीपीएलमा सन्दीप आवद्ध जमैका तलावाज र सेन्ट किट्सबीचको खेल नतिजाविहीन
२०७७ भदौ १९ गते ८:११
१९ भदौ, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजाविहीन सकिएको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले खेल प्रभावित भएपछि खेल नतिजाविहीन सकिएको हो ।
खेल नतिजाविहीन भएपछि दुवै टिमले एक एक अंक बाँडेका छन्। खेल रोकिनुअघि प्याट्रियट्सले ५ ओभर ४ बलमा विना विकेटको क्षतिमा ४६ रन बनाएको थियो ।
जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा छ भने प्याट्रियट्स ९ खेलमा ३ अंकका साथ तालिकाको पुछारमा छ।
प्रतिक्रिया